नेम्वाङको निधनपछि ओलीले भने– उहाँ मेरो हितैषी मित्र र सुख दु : खको साथी हुनुहुन्थ्यो
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेका छन्।
श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्रै नभइ हितैषी मित्र र सुखदुस्खको साथीसमेत भएको टिप्पणी गरेका छन्।
लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने ओलीले बताएका छन्।
उनले भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली१ उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी१’
प्रतिक्रिया