एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, के-के छन् एजेन्डा ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीको ६७औं सचिवालय बैठक आज बस्दै छ । बिहीबार पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको पार्टी कार्यलयले जनाएको छ ।
बैठकमा यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल हुनेछ । एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरुद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ ।
यसका अतिरिक्त बैठकमा पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया