गत बर्ष बाबुरामले खुलासा गरेका थिए - 'प्रचण्डलाई अख्तियारले समात्दै छ'
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको निर्देशनमा गत शुक्रबार अख्तियारका प्रवक्ताले पत्रकार सम्मेलन गरी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन सुरु गरिएको र एक महिनाभित्र आयोगमा आएर आआफ्नो बयान दिन उक्त प्रकरणमा जोडिएकाहरूलाई बोलाइएको खुलासा गरेपछि माओवादी केन्द्रमा आतंक नै फैलियो ।
लडाकु शिविरमा भएको भ्रष्टाचारमा तत्कालीन कमान्डर प्रचण्डसहित अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन, कृष्णबहादुर महरा, वर्षमान पुन, कमान्डरहरू जनार्दन शर्मा प्रभाकर, चक्रपाणि खनाल बलदेवलगायत थुप्रै नेता मुछिएका छन् । तर, यो कुराको खुलासा गत बर्ष असोज महिनामा नै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए ।
असोजमा नवलपरासीको देवचुली नगरपालिका अन्तर्गत चौधरीग्रामका मजदुरहरुले गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारीको अखडा भएको बताएका थिए ।
‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ’, भट्टराईले भनेका थिए , ‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्र अख्तियारको फन्दामा पर्दैछन् ।’ प्रचण्डलाई अख्तियारले समात्ने भट्टराईले दावी समेत गरेका थिए ।
प्रतिक्रिया