कांग्रेसको अल्टिमेटम- आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले मग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।
 

प्रतिक्रिया

सम्बन्धित