कसले धम्क्यायो प्रधानमन्त्रीलाई ?
काठमाडौं : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले केही दलले भारत जान लागेका प्रधानमन्त्री प्रचण्डलाई धक्म्याउने प्रयास गरेको बताएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले कसैले धम्क्याउँदैमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘राजनीतिक पूर्वाग्रह राखेर केही दल, समूहले खबरदार यो गर्न नपाइने भन्दै प्रमुख विपक्षी दल एमालेप्रति लक्षित गर्दै फोरम लोकतान्त्रिकका नेता देवले भने–‘त्यसैले पनि प्रधानमन्त्रीलाई धम्क्याउने प्रयास भइरहेको छ ।’ उनले अघि भने–‘सार्वभौम संसदले चुनेको प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु, खुट्टा नकमाउनुस् । नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउन र दुई देशको हितमा काम गर्नुस् । कसैको धम्कीको बन्दी नबन्नुस् ।’
प्रतिक्रिया