ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौति


काठमाडौै। 
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न गगन थापाला चुनौति दिएका हुन् । गृहमन्त्री लामिछानेले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताए । लामिछानेले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौति समेत दिए । 


उपप्रधानमन्त्री गृहमन्त्री लामिछानेले प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताउँदै  चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह समेत गरेका छन् । 

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।

प्रतिक्रिया

सम्बन्धित