थापाले स्वीकारे गृहमन्त्री लामिछानेको चुनौति, प्रमाण पु¥याउन नसके राजनीति छोड्ने


काठमाडौ । 
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले आफूलाई दिएको चुनौति स्वीकार गरेको बताएका छन्  ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले आफूले सूर्यदर्शन सहकारीबाट निवेदन दिएर ऋण लिएको प्रमाणित गर्न थापालाई चुनौति र्दिएका थिए । प्रमाण दिन नसके थापाले राजनीति छोड्नुपर्ने गृहमन्त्री लामिछानेको शर्त थियो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रमाण पेश गर्न नसके आफू राजनीति छाड्न तयार रहेको बताउँदै आफूहरुसँग भएको तथ्य, प्रमाणले आफूहरुले बोलेको कुरा प्रमाणित गर्ने दाबी समेत गरेका छन् । महामन्त्री तथा सांसद  थापाले आफू व्यक्तिले मात्रै नभई सिंगो नेपाली काँग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाएको भन्दै तथ्य प्रमाण नपुगे काँग्रेसलाई क्षति हुने भन्दै प्रमाण पुग्ने दाबी गरे । संसदीय छानविन समिति बनाएर छानविन गर्न गृहमन्त्री तयार हुनुपर्ने थापाको भनाई थियो । 

प्रतिक्रिया

सम्बन्धित