कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो ।प्रधानमन्त्री मोदीले मे १४ मा आफ्नो संसदीय सीट वाराणसीबाट चुनावी उम्मेदवारी दर्ता गराउदा पेश गरेको सम्पत्ति विवरणमा उनको अचल सम्पति नभएको उल्लेख छ ।
शपथपत्रमा दिइएको जानकारी अनुसार मोदीसँग ३ करोड २ लाख ६ हजार ८ सय ८९ रुपैयाँको चल सम्पत्ति छ, जसमध्ये करिब २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।यसबाहेक पीएम मोदीसँग चारवटा सुनको औँठी छ, जसको मूल्य २.६७ लाख रुपैयाँ छ । जहाँ मोदीसँग ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रुपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए ।निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन । सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ। उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा दिइएको छैन ।
मोदीलाई अहमदाबादका बासिन्दा भनिएको छ । मोदीले दिल्ली विश्वविद्यालयबाट १९७८ मा बीए र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए डिग्री हासिल गरेका थिए ।२०१९ को लोकसभा चुनावमा, पीएम मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोड रुपैयाँको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।उही समयमा, २०१४ लोकसभा चुनावमा, मोदीको कुल सम्पत्ति १.६५ करोड भारु थियो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_iscScEwYOt_bpxzyrtm9bfcbc5ocinacxe9gpenxcultslhyruqt3hyhjhzapfuqmodqk4b.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_EEVKsBZ3sR_u0pmwme5kclgbiwb7ladrkbkumpet2aytpzk9lokt5er6yv6sv2tvrcvqz80.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_w4aarABAuz_voanw6xqb165dkgcy9maanmkdaywmbcjrhxnvfcl6kgevnks72xffg5mmukt.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया