इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि अब के हुन्छ भन्ने कौतुहलता बढेको छ ।हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इरानको प्रशासनिक कार्यमा कुनै असर नपर्ने बताएका थिए । इरानको संविधानमा राष्ट्रपतिको मृत्यु भएमा कमाण्ड कसले लिने भन्ने व्यवस्था छ ।
इरानको संविधानको धारा १३१ अनुसार राष्ट्रपतिको मृत्यु भएमा वा पद छाड्ने अवस्थामा निर्वाचन नभएसम्म उपराष्ट्रपति राष्ट्रपति बन्ने व्यवस्था छ ।इब्राहिम रायसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् ।मोहम्मद मोख्बर बढीमा ५० दिन मात्रै देशको राष्ट्रपति बन्न सक्नेछन् । संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । तर यसका लागि सर्वोच्च नेता खामेनीको स्वीकृतिको आवश्यकता हुन्छ ।
इब्राहिम राइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ ।पछिल्लो निर्वाचनमा इब्राहिम राईसीले खासै चुनौती सामना गर्नु परेन र ३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए । इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_uecOQub1rB_le5rdeqyyasv5lskjvaqh2sxma8b4a55bpvqibaoh4d7zeezxaehl38mtnk0.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_D9cR4HZ4Y8_tgsjbuo9elfcwv7kfozpzwv78rl0tg7goglttj0ik1snbma7twoczdkq8p4j.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_jCxufOue0e_gdymdawda8xa4onfnjuarbb72hktbzjacunr9ffaakkjvw2e9gjnn9p4hqja.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया