अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको कस्तो छ प्रतिक्रिया ?

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् र अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन् ।
तर, अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले राफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन ।इजरायली ट्याङ्कहरू अझै पनि रफाहको मध्य क्षेत्रमा पुगिरहेका छन् । इजरायली सरकारका पूर्व प्रवक्ता इलोन लेभीले फैसला सुनाउने प्रधानन्यायाधीश लेबनानी भएको आरोप लगाएका छन् ।आईसीजेले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको थियो । आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो ।
आईसीजेले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने र यसले प्यालेस्टाइनका लागि खतरा रहेको बताएको छ ।टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार यो आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी गाजा सहरमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा पार्ने कारवाही इजरायलले बन्द नगरेको बताएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_0TfIIDr6ml_jqxv8ectqmujz8h22tjicdpd8gi2aycwo41ezs5htdkj2nx3vqpkii6kach1.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_lI2mMxNUSY_sy8xvpqrwnfgj9tksgewea2ezcu531oznkwjdo7fo8xscwzk78xi8vxl0sx6.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_G0406tFk1b_gul5znd9drqn7xz7q4rmhzorb4t4c89psdg6bho1gxikzeonsazsauyguh8w.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया