झिगु ख्वप“ को प्रदर्शनी सुरू

भक्तपुर । वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ (हाम्रो भक्तपुर) को प्रदर्शनी बुधबारबाट सुरू भएको छ । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला, संस्कृति, सम्पदा र सहनसहन सम्बन्धी जानकारी दिने उद्देश्यले प्रदर्शनी सुरु गरेको जनाएको छ । प्रदर्शनी भक्तपुरको लिवालीमा अवस्थित वल्ड दरवारमा भएको हो । प्रदर्शनी असार १ गतेसम्म जारी रहने जनाइएको छ । प्रदर्शनीमा शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने एक सय भन्दा बढी तस्बिरहरु राखिएको छन् ।
प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पुराना सम्पदाहरु बचाई राख्न फोटोहरुको ठूलो महत्व हुने बताए । एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोेले लेखाई भन्दा पनि दृष्यले धेरै कुरा बताउने उनको भनाई थियो ।
सोही अवसरमा विशेष अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले फोटोग्राफीको महत्वबारे चर्चा गरे । साथै युवाहरुमा फोटोग्राफीको रुची बढाउनमा किपाःग्राफी भक्तपुरले गरेका कार्यको उनले प्रशंसा गरे । कार्यक्रममा किपाः ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले पनि फोटोग्राफीको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वलचन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CTtwmXurtF_oldtziqhaisepfxleoy33ts35wrr04slytvllvda08lpurklmjalclgks5qn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_umdJAYD78p_fbsofrl4ezgumbdtxq396hg7kryxri7hqidhls4hztljkepidkms6i7pdlhi.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_rykn815phA_f1depnlt9cl2dzwffpxyzpnswp8sdllxnsknqiwatb033whlwa7igmsvjtjx.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_axWPIiPUxW_ffsnnvcpzxhgmklashfmnhydnn1jkswvlgqnjpduoay7cv66k4rogfl4auij.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_ZDu4pHsSMg_n1sw03egwgui5owq9zf1mrn5zq3ynrtjo1qdsdsvywubl7bihhpc55qsb1cq.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_d6xTn4llQz_ovd4hlbgdt3gsdsx5pyabzmm3njgskxcooh0uk63cy0xnfpo3fd3pddmfhjo.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_Au7pQmg8ot_rro27relqeyxy1kx7ecogjhi8jw5urelk5inmj2ddgviiuhxg3ipgyjeth86.jpg)
प्रतिक्रिया