राजनीतिक विषयमा समीक्षा गर्न एमालेको स्थायी समिति बस्दै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दुई सातादेखि जारी स्थायी समितिको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीले लिने भावी रणनीतिका विषयमा समेत छलफल हुने बुझिएको छ । सरकारबाट बाहिरिएपछि राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै आएको एमाले स्थायी समितिले राजनीतिक विषयहरूमा छलफल गर्दै आएको छ ।
प्रतिक्रिया