म मेरो छोरालाई दिएको सजाय माफ गर्दिन- बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनलाई दिएको सजाय माफी नगर्ने बताएका छन् ।बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ । गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बिडेनले पहिलो पटक यस मुद्दामा टिप्पणी गरेका छन् ।
उनले हन्टरप्रति गर्व गरेको बताउदै उनी लागुऔषधको बानीबाट मुक्त भइसकेको तथा अहिले धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको बताएका छन् ।जी ७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय घटाउन कदम चाल्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । यसबारे बाइडेनले भने, 'म यस विषयमा स्पष्ट छु कि म यसबारे केही गर्ने छैन । मैले निर्णायकको निर्णय स्वीकार गर्छु । म यसमा खडा छु र म हन्टरलाई माफ गर्ने छैन ।'
हन्टर बाइडेनलाई लागुऔषधको नशा र बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको छ । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै, बाइडेनले अदालतको सजाय नघटाउने बताएका थिए र उनले फेरि एकपटक सोहि कुरा दोहोर्याएका छन् ।अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार रहेको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_ADpfgvpEXf_7psxyucx5bq4ty4jio0klqffbj7enmdet4cpjvebvjxqegjjbemwjcdxrie2.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_S7kPMpj2iA_pwehj3xgubwiyipfefyb4alkafml2ooslitm0n3irv9uqlglvscflfoymphp.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_CFJiegyPwu_mr6pmi9vlk61henfhqfkvhlkqqfavxj1urny4nsogvomw3ijebermg9xn1hw.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया