रुसमा पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्धा चलाइने

काठमाडौँ । जासुसीको आरोपमा रुसमा रुसमा गिरफ्तार भएका पत्रकार इभान गेर्शकोविचलाई मुद्दा चलाइने भएको छ ।रुसी अभियोजक जनरलको कार्यालयले गेर्शकोविचलाई पहिलो पटक हिरासतमा राखेको एक वर्षभन्दा बढी समयपछि अभियोग लगाइएको बताएको छ । दोषी प्रमाणित भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ । यद्यपि गेर्शकोविच, अमेरिकी सरकार र उनका कर्मचारीले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
गेर्शकोविचको गिरफ्तारीको दुई हप्ता पछि, अमेरिकी विदेश मन्त्रालयले यसलाई गलत नजरबन्दी भनेर प्रतिक्रिया दिएको थियो । रुसी अभियोजकहरूले देशको संघीय सुरक्षा सेवा (एफएसबी) ले कागजातहरू जाँच गरेको बताए । यस अवधिमा गेर्शकोविच सीआईएको निर्देशनमा काम गरिरहेको पत्ता लागेको रुसले बताएको छ ।यसबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले गेर्शकोविचमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् ।
पक्राउपछि ३२ वर्षीय अमेरिकी पत्रकारलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिएको छ । विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार इभान गेर्शकोभिचको हिरासत र अनुसन्धान प्रक्रिया समाप्त भएको जानकारी दिए । तर, यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गेर्शकोविचलाई रिहा गर्न अमेरिकासँग सम्झौता गर्न सकिने बताएका थिए ।बढ्दो तनावका बीच रुसले धेरै अमेरिकीहरूलाई हिरासतमा लिएको छ। गत वर्ष जुनमा रुसी-अमेरिकी पत्रकार आल्सु कुर्मासेवालाई हिरासतमा लिइएको थियो । ब्यालेरिना केसेनिया क्यारोलिनालाई जनवरीमा हिरासतमा राखिएको थियो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_jtdaOJDHra_yfbsphnu9uie4kuqznxwwnyos3cztmsmpcwe3eoapt3tgdwvnzv6ikhxz9vm.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_fuMCmjyv3I_61gwz75idlxopjbjzamlin9ock788vuax12cnvrt5zixrv8oblizinebgwrw.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_vOo6ISSoek_ueu2bfp0owrwx9z9aqxwqqr9hjjdx1jaa3qwl14kqtolpyulstoonsdrn545.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया