नेविसंघको कोषाध्यक्षमा शिव रिमाल निर्वाचित
अध्यक्षमा आनन्द राज त्रिपाठी, नगेन सिंह ठकुरी, नैनसिंह महर, बचन कार्की (मुसा), मनोजमणी आचार्य, लक्ष्मण आचार्य र शुभराम वस्नेत गरि ७ जना मैदानमा थिए। कुल ३२ सय ६० मत खसेको छ। महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भए। दुई महामन्त्रीका लागि भएको निर्वाचनमा हिमालदत्त श्रेष्ठ, दिपक भट्टराई र शंकर पौडेल मैदानमा थिए। कोषाध्यक्षमा नेविसंघका मुख्य सचिव शिव रिमाल विजयी भएका छन् । कोषाध्यक्षमा रिमाल सहित अन्जना अर्याल,उमेश भट्टराई,केदार खनाल,टिका श्रेष्ठ,निमा गिरीले प्रतिस्पर्धा गरेका थिए । तर रिमालले सबैभन्दा बढी मत १२ सय सतासी ल्याएर बिजयी भएका हुन ।प्रादेशिक संरचना अनुसार बनेको नयाँ कार्यसमितिमा निर्वाचित हुने सदस्यहरुको नामावलीको पूर्ण विवरण हेर्न यो लिङ्कमा क्लिक गर्नुस् ।
http://www.nepalicongress.org/files/listingfiles/final%20Result1.pdf
प्रतिक्रिया