डडेल्धुराबाट नेविसङ्घका चार अध्यक्ष

nsuकाठमाडौं  । नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसङ्घमा मुुलुकको दुर्गम क्षेत्र भनेर चिनिएको सुदूपश्चिमबाट हालसम्म चार जनाले नेतृत्व लिने अवसर पाएका छन् । अझ संयोग भन्नुपर्छ चारैजना अध्यक्षको पुख्यौली घर डडेल्धुरा हो । नेविसङ्घको दोस्रो अध्यक्ष बन्नुभएका शेरबहादुर देउवा हाल पार्टीका सभापति हुनुहुन्छ । त्यसपछि काँग्रेस नेता एनपी साउँद नेविसङ्घको सातौँ अध्यक्ष बन्नुभएको थियो ।

 त्यस्तै सुदूपश्चिमकै केशव सिंह नेविसङ्घको १३औँ अध्यक्ष बन्नुभएको थियो भने महर १८औँ अध्यक्ष बन्नुभएको छ ।सङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि निर्वाचन भने भदौ १ गते झन्डै २० घन्टा निरन्तर भएको थियो ।

 आज सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्ष महरले एक हजार ३३४ र उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले एक हजार २०९ मत प्राप्त गर्नुभएको हो ।  त्यस्तै महामन्त्री (दुई पदका लागि भएको निर्वाचनमा) कुन्दनराज काफ्लेले एक हजार ७९४ र सरोजकुमार थापाले एक हजार २९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दिपक भट्टराईले एक हजार २८६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा शिव रिमाल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित