इजरायली सैनिकको ज्यादति- घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडी बाँधियो

काठमाडौँ । इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको हुटमा अगाडि बाँधेको दृश्य अहिले भाइरल भएको छ । इजरायली सेना वेस्ट बैंकको वादी बुर्किन क्षेत्रमा केही प्यालेस्टाइनीहरूलाई पक्रन गएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार कारवाहीका क्रममा सेना र प्यालेस्टिनीबीच गोली हानाहान भएको थियो । यस क्रममा एक जना प्यालेस्टाइनी घाइते भएका थिए । यसपछि सैनिकहरूले घाइते प्यालेस्टिनीलाई क्षेत्रबाट बाहिर निकाले । उनीहरुले जिपको अगाडि बाँधे । तर, पछि उनलाई संयुक्त राष्ट्रको रेड क्रिसेन्ट टोलीलाई सुम्पियो ।
बीबीसीका अनुसार प्यालेस्टिनीको नाम मुजाहिद आजमी थियो । इजरायली रक्षा बलले यस कुराको पुष्टि गर्दै अनुसन्धानको आदेश दिएको छ । भिडियोमा देखिएका कुराआदेशविपरीत भएको बताउदै इजरायली रक्षा बलले यसको छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने बताएको छ ।घाइते प्यालेस्टिनीका परिवारले इजरायली सेनासँग एम्बुलेन्स मागेको बताएका छन् । तर उनीहरूले प्यालेस्टिनीलाई जिपको बोनेटमा बाँधेर त्यहाँबाट भागे । यसअघि शनिबार केही बन्दुकधारीले वेस्ट बैंकको कल्किल्या क्षेत्रमा एक इजरायली नागरिकको हत्या गरेका थिए । त्यसपछि उनको गाडीमा आगजनी गरिएको थियो । यो कुरा बाहिर आएपछि ठूलो संख्यामा इजरायली सैनिक त्यहाँ पुगेका थिए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_FsQz2erFP6_nmcv7k8abmzcgmut5ijbytoxkis5f0jylcm8ijx4uob4gkktfzxyurhnrbje.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_NVVlWvYhFb_lgpqbxcbxfq570xi4vlwrygqglx6nmpz5dcxajvgxokybnqmvyzvobja2ezz.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_eZL2NZKYTI_e5q3ndqbdylpcpuxapbrhuip9xz1qgvupyvdhqwipbisipmciwtkjdlixi3c.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया