नेपालको पहिलो थ्रीडी आर्ट म्युजियम भ्रमण मेरो लागि अबिस्मरणिय : अलिशा उपाध्याय
अलिशा उपाध्याय
वेदिक स्कुल ,
भक्तपुर
असार ७, २०८१ शुक्रबार, वेदिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूले ललितपुरको इमाडोलमा रहेको नेपालको पहिलो थ्रीडी आर्ट म्युजियमको भ्रमण गरेका थिए । म यस यात्राको भाग बन्न पाएकोमा भाग्यशाली थिएँ, र म हाम्रा शिक्षकहरूलाई यो उल्लेखनीय ठाउँ अन्वेषण गर्ने अवसर दिनु भएकोमा आभार समेत ब्यक्त गर्न चाहान्छु ।
थ्रि डि आर्ट म्युजियमले हामीलाई कलाको मनमोहक संसार र हाम्रो जीवनमा यसको प्रभावसँग परिचय गराएको छ। चित्रहरू अविश्वसनीय रूपमा जीवन्त थिए, हामीलाई वास्तविकताको वास्तविक भावना प्रदान गर्दै, हामी संसारभर घुमिरहेका छौं जस्तो लाग्यो। साझा बसमा चढ्ने, लुम्बिनीको भ्रमण गर्ने र त्यहाँ पूजापाठ गरेर पशुपतिनाथ र पेरिसमा आफूलाई भेट्ने अनुभव प्राप्त गरेका थियौ । हामीले मोनालिसासँग चिया खाने, ब्रुस लीसँग झगडा गर्ने र पेलेसँग हात मिलाउने मौका पनि पाएका थियौं।
यो भ्रमणले हाम्रो जीवनमा कलाको महत्त्वलाई उजागर गर्यो। थ्रि डि आर्ट म्युजियम आर्ट को महत्वको कदर गर्नको लागी एक उत्कृष्ट स्थान हो । मेरो लागि, आर्ट म्युजियम भ्रमण गर्नु एक पूरै नयाँ संसारको अनुभव गर्नु जस्तै थियो, र यो मेरो उत्कृष्ट अनुभवहरू मध्ये एक थियो। यदि कसैलाई रुचि छ भने, म यो ठाउँ भ्रमण गर्न सिफारिस गर्दछु।
प्रतिक्रिया