मन्त्री बन्न सलबलाउँदै क्रिश्चियन सांसद
एकनाथले कुटनीतिक रुपमा क्रिश्चियन धर्मको प्रचार प्रसार गरिरहेका छन् । लोकमणिले खुलेआम क्रिश्चियन धर्मको प्रचार गर्ने गरेपछि विरोध पनि भइरहेको छ । प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा मन्त्री बन्ने दाउ ढुकेर बसेका सांसद लोकमणिलाई रोक्न एकनाथले न्वारनदेखिको बल लगाएका छन् । एकनाथलाई रोक्न लोकमणिले पनि सबै शक्ति प्रयोग गरेका छन् ।
प्रचण्डसँग मन्त्री बन्ने आश्वासन पाएका एकनाथ साना दलहरूको तर्फबाट फेरि मन्त्री बन्न पाइन्छ कि भनेर बसेका छन् । तर, प्रचण्डले यस पटक एकनाथलाई भन्दा पनि अन्य साना दलहरूका तर्फबाट मन्त्री बनाउने संकेत गरिसकेका छन् । आफूहरू मन्त्री बन्ने भन्दै लोकमणि र एकनाथ सिंहदरबारभित्र अड्डा जमाएर बस्ने गरेका छन् । साना दलहरूको तर्फबाट मुख मिठ्याउनेमा जनशक्ति पार्टीका सांसद तथा अध्यक्ष विश्वेन्द्र पासवान पनि लाइनमा छन् । उनले प्रचण्डलाई हारगुहार गर्दै फेरि पनि खाइपाइ आएको मन्त्रालय पाउँ भन्दै दिनहुँ बालुवाटार धाउने गरेको स्रोतको भनाइ छ । मन्त्री बन्ने दाउमा नेपाली जनता दलका सांसद तथा अध्यक्ष हरिचरण साह पनि छन्,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । तर, यसपटक मन्त्री बन्ने संकेत नपाएपछि सिंहदरबारभित्र आफूले पाएको एउटा कोठाभित्र रन्थनिएर सांसद पासवान बस्ने गरेका छन् ।
प्रतिक्रिया