केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ ।
बुधवार, सीबीआईले रक्सी नीति सम्बन्धी कथित घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए ।
पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो। अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो । आज अर्थात शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो ।
केजरीवाललाई यसअघि मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा ईडीले गिरफ्तार गरेको थियो। राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो। तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिएको थियो, त्यसपछि उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_KMPFvJdYXy_aymwfwcgvdtztcvvdzb6cggeq6nfzni3htvrxaolovmhja7zajyactjtjfcz.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_FYDPBS12bp_1rhjl64lqvxmmpedmaefltq917rrirszlpx2qoqkhyvaxjyvcfyb39igtd1a.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_UqWcD5es1r_zbota5h8mloiq822ojhomdrhglwdgktd2jxehq7qdign4ukoqttlruy4vlzc.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया