जीतजंगलाई रोक्दा देउवा समूहभित्र असन्तुष्टी, मनोजमणि सशक्त बन्दै

manojmaniकाठमाडौं। नेपाल विद्यार्थी सघंको अध्यक्षदेखि केन्द्रीय सदस्य सम्म  १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ८ जनाको उमेद्वारी परेको छ भने महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए।

   त्यसैगरी महामन्त्रीमा कुन्दनराज काफ्ले, सरोज थापा, हिमालदत्त श्रेष्ठ, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा निमा गिरी, अञ्जना अर्याल, शिव रिमाल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिए।  सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। समितिले साँझ सम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ।

 सङ्घको ११औं महाधिवेशन अन्तर्गत मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ। नेविसंघ निर्वाचनमा  नैनसिंह महरलाई उम्मेदवार बनाउन आरजु देउवाको ठूलो भूमिका रहेको खुलासा भएको छ । देउवा पक्षीय अधिकांश नेताहरु जीतजंग बस्नेतका पक्षमा हुँदाहुँदै श्रीमती देउवाको दबाबमा नैनसिंहलाई अध्यक्षमा उम्मेदवार बनाइएको कुराले देउवा समूहभित्रै असन्तुष्टी पैदा भएको छ ।

 देउवा–सिटौला गठबन्धन बाहिर बलियो देखिए पनि महरलाई टिकट दिएपछि इमान्दार छवि र विद्यार्थीबीच लोकप्रिय भएका कारण रामचन्द्र पौडेल पक्षीय मनोजमणि आचार्यले नेविसंघको सभापति जित्ने संभावना बलियो बन्दै गएको अनुमान गर्न थालिएको छ ।  जीतजंग बस्नेतका समर्थक विद्यार्थी प्रतिनिधिहरुले सामाजिक संजाल फेसबुकमा देउवा–सिटौला गठबन्धनले गरेको निर्णयप्रति असन्तुष्टी प्रकट गरेका छन् । जसका कारण मनोजमणी बलियो बन्दै गएका हुन ।

प्रतिक्रिया

सम्बन्धित