फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् ।
प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो । राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।
अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ । ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_Jd3njp5sMv_4asfy9hjdh2ehpgxcw7rwwr94ckric4nefu0rkn5p0gemsiilrxrwe3ilu4g.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_zrn2rJov9Z_zj6fwrgot9ogo2cv3odt7eejvlvoujqmm1vlwjdtqbxi9q0pskv5mwb9vpo1.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_e1aXFkf6yS_hfhxs5aphmde0e3w1hcv7cnmrkhwtinxh0cktv6lvvyktk9ag4zb2npy2mbo.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया