सलमान खान नेपाल आउने जानकारी प्रहरीलाई छैन, हजारौ दर्शक उपस्थिती हुने कार्यक्रमको सुरक्षा कस्तो होला ?

काठमाडौं । दुई साता अघि काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु नाइट क्लवमा डिजे मार्समेलोका कारण तोडफोड भयो । अमेरिकन डिजे मार्समेलोले प्रस्तुति दिने भनी डेजाभुले अर्कै कम्पनीलाई भाडामा दिएर हुन लागेको उक्त कार्यक्रममा उनी उपस्थित नभएपछि आक्रोशित बनेका दर्शकहरुले तोडफोड गरेका थिए । त्यहाँ झन्डै चार हजार दर्शक उपस्थित थिए ।

   आयोजकहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । तोडफोडका कारण क्लबमा ठुलो क्षति पुग्यो ।

 डिजे मार्समेलो नेपाल आए पनि बिरामी भएको कारण अन्तिम समयमा कार्यक्रम रद्द गर्नुपरेको थियो । अर्कोतिर, बजारमा बलिउडका चर्चित अभिनेता सलमान खान तीन दिनका लागि नेपाल आउने तय भएको अर्को  प्रचार सुरु भएको छ । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम ‘दबंग द टुर’ का लागि सलमान खान फागुन २५ गते अर्थात (मार्च ९) मा नेपालमा आउन लागेका हुन् । झन्डै ५० हजार दर्शकको उपस्थिती हुने उक्त कार्यक्रमको सुरक्षाका लागि आयोजकले अहिले सम्म प्रहरी र प्रशासनसँग कुनै सल्लाहा नै नगेको महानगरिय प्रहरी कार्यालयका एक उच्च प्रहरी अधिकारीले वताए ।

 उनले भने- बिदेशका चर्चित कलाकार ल्याउने भनेर मिडियामार्फत हल्ला गर्ने अनी सुरक्षाका लागि प्रहरीसँग कुनै सल्लाहा र स्वीकृती नलिइ  टिकट  बिक्री गरेर अन्तिम समयमा मात्र सुरक्षा माग्ने गलत कार्यले एकातिर डेजाभुको जस्तै घटना दोहरिने संभावना हुन्छ भने सो संगसंगै बिदेशमा नेपाल र नेपालीको बारेमा नकारात्मक प्रचार हुन्छ । ' २६ गते अर्थात मार्च १० तारिखका दिन काठमाडौंको टुँडिखेलमा कार्यक्रम हुने वताइएको छ  ।

 कार्यक्रममा सलमानसँगै बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुने बताइएको छ । आयोजकका अनुसार मार्च १० को कार्यक्रमको टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित