नेविसंघमा चुनाव हुने, हल्लाको पछि नलाग्न जीतजंगको अपिल

jitnewकाठमाण्डौं । नेपाल विद्यार्थी संघको प्रतिनीधि विवाद मध्यरातमा मिलेको छ । डा प्रकाश शरण महतको संयोजकत्वमा रहेको निर्देशक समितिको गएराती बसेको बैठकले विवाद टुङ्गो लगाएको कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले फेसबुकमार्फत जनाएका छन  । समितिले अनसनमा बसेको समुहको माग सुनुवाई गर्दै विवाद मिलाएको हो ।

 प्रतिनीधि संख्या र सबै पक्षका मागलाई राखेर मध्यमार्गीबाटोबाट प्याकेजमा समाधान खोजिएको छ । तर ,पार्टी शीर्ष नेताहरुको गुट अनुसार नै भागबण्डा मिलाइएको छ । आज तीनदिन पछि महाधिवेसनको बन्दसत्र सुरु हुनेछ । प्रतिनीधिको टुंगो नलाग्दा नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन ।

  २३ गते सुरु भएको नेविसंघको महाधिवेशन हिजो नै सकिने कार्यतालिका रहेको थियो । २२ जिल्ला र त्रिभुवन विश्वविद्यालय लगायतका क्याम्पसहरूबाट आएका प्रतिनिधि कसरी भागबण्डा गर्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षबीचको विवादले लम्बिएको थियोे । ३ हजार ४ सय महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसंको महाधिवेशनले १ सय ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यता ,पार्टीको संस्थापन पक्षबाट उम्मेद्वार नैनसिंह महरले आफुखुसी अधिकारिक उमेद्वार भन्दै हल्ला गरेपछी पार्टीमा समेत रडाको मच्चिएको छ । अध्यक्षका प्रत्यासी नेता जीतजंग बस्नेतले त्यस्तो हल्लाको पछि नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित