इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता
काठमाडौँ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ ।इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ ।
बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ ।इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ ।
इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन् भने इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया