नेविसंघमा त्रिपक्षिय भिडन्त हुँदै , बस्नेत बलिया उमेद्वार

jitjungnकाठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन आजबाट   राजधानीमा सुरु हुँदैछ। ९ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनमा आधा दर्जनभन्दा बढीले अध्यक्षमा आआफ्नो दाबेदारी प्रस्तुत गरेपनि अन्तिममा भने दुई वा तीन जना बीच भिडन्त हुने बुझिएको छ ।  संस्थापन पक्षबाट नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेत अहिले सम्म सबैभन्दा बलिया उमेद्वारका रुपमा उभिएका छन ।

 पूर्वउपाध्यक्ष रहेका नैनसिंह महरले पनि अध्यक्षमा दाबी गरेका छन् ।  तर अन्तिममा महरले बस्नेतलाई साथ दिने बताइन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पूर्वमहामन्त्री मनोजमणी आचार्य, दिपक भट्टराई, आनन्दराज त्रिपाठी र निलकण्ठ रिजालले अध्यक्षका लागि दाबी गरिरहेका छन्। पौडेल पक्षबाट चारजनाले दाबी गरेपनि आचार्यले टिकट पाउने लगभग निश्चित भएको छ।   नेता कृष्णप्रसाद सिटौला पक्षधरबाट कुन्दनराज काफ्लेले अध्यक्षमा दाबी गरेका छन्।  उपाध्यक्ष पदमा राजिव केसी, भरत खड्का,  निमा गिरी,  चन्दा अधिकारी, रमेश पाण्डे, दिपक भण्डारी, निमा गिरी, हरिष भण्डारीले  दाबी गरेका छन्।

   उपाध्यक्षमै विष्णु कार्की, कृष्ण कार्की, सुवास भण्डारी, नविन राई, सागर परियार, कृष्णकुमारी बस्नेत लगायतले पनि उम्मेदवारी घोषणा गरेका छन्।  महामन्त्रीमा उर्मिला थपलिया, पुष्पराज शाही, युवराज पाण्डे डिल्लीराम सुवेदी आकाँक्षी छन्  ।  कोषाध्यक्षमा हालसम्म शिव रिमाल र अन्जना अर्यालले उम्मेदवारी घोषणा गरेका छन्।  रिमाल नेविसंघका मुख्य सचिव पनि हुन ।  केन्द्रीय  सदस्यमा ने गोपाल चौलागाईँ, राजेश केसी, प्रेम जोशी, जयराम दाहाल, दिनेश भुर्तेल, डम्बर कार्की, लिला भट्टराई, दिपेन्द्र खड्का, उपेन्द्र मिश्र, शिव पौडेल, लक्ष्मी पौडेल, तेजवहादुर बानियाँ, कल्पना खड्का, कल्पना पौडेल, सदिक्षा चित्राकार, दिलिप दाहाल लगायतले  उम्मेदवारी घोषणा गरेका छन्।  ३ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले एक सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित