प्रचण्डले अब देखी रिबन नकाट्ने

riwanकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने बताउनुभएको छ । काठमाडौंको बनस्थलीमा शनिबार आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको एकता पाँचौं भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उद्घाटन र रिबन काट्ने कार्यक्रमबाट टाढा रहने बताउनुभएको हो ।

 प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनु पूर्व नै तय भएकाले म आएँ, अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन ।’भेलामा दाहालले १० माओवादीको एकतापछि नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको बताउनुभयो ।

‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं । एकतालाई जनतासम्म पु-याएर जनआकांक्षा पुरा गर्नतिर लाग्नु अवको प्राथमिकता हो’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित