प्रचण्डद्वारा शपथ,उपप्रधानमन्त्रीमा विमलेन्द्र निधि र कृष्णबहादुर महरा

k|d bfxfnåf/f zky u|x0f  /fi6«klt ejg zLtn lgjf;df laxLaf/ cfof]lht ljz]if ;df/f]xdf /fi6«klt ljBfb]jL e08f/Ln] gjlgjf{lrt k|wfgdGqL k'iksdn bfxfnnfO{ kb tyf uf]kgLotfsf] zky u/fpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । दाहालले आजै आफ्नो कार्यभार समेत सम्हाल्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनिर्वाचित प्रधानमन्त्री दाहालले देश र जनताका नाममा शपथ लिनुभएको थियो ।विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी ओली, प्रधान न्यायाधीश सुशीला कार्की,सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित हुनुहुन्थ्यो ।शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा राष्ट्रपति भण्डारीले शीतल निवास परिसरमा चियापानको आयोजना गर्नुभएको थियो ।

 व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।यस्तै राष्ट्रपति भण्डारीले आजै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । निधि र महराले पनि आजै आ–आफ्नो मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।त्यसैगरी राष्ट्रपति भण्डारीले रमेश लेखक, गौरीशङ्कर चौधरी र दलजीत श्रीपालीलाई मन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित