भक्तपुर जिल्लाब्यापी लोकनृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न


भक्तपुर । 
भक्तपुर जिल्लाब्यापी बिघालय स्तरिय लोकनृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । विद्यालयको रजत महोत्सवको अवसरमा पारेर क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको  जिल्लाव्यापी लोकनृत्य प्रतियोगितामा मित्रश्री इङ्ग्लिस स्कूल प्रथम भयो भने इडेन गार्डेन इंग्लिस स्कुल दोस्रो, पारागन एकेडेमी तेस्रो र ऋतम्भरा पाठशालाले सान्त्वना स्थान हासिल गरेका छन्  ।

प्रतियोगितामा विमल मेमोरियल विद्यापिठले उत्कृृष्ट भेषभूषा पुरस्कार र मित्रश्री पाठशालाले उत्कृष्ट नृत्य निर्देशक पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । विजेता विद्यालयहरूलाई मेडल, ट्रफी, प्रमाण पत्र तथा नगद रु पुरस्कार क्रमशः दशहजार, आठहजार, पाँचहजार र चारहजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल जी.वी. खडकाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबोधन बास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रम सहप्रिन्सिपल रामकुमार नेपालले संचालन गरेका थिए । विद्यालयले आफ्नो रजत महोत्सवका साथै विद्यार्थीमा रहको अन्तरनिहित क्षमताको उजागर गर्न आयोजित उक्त लोकनृत्य प्रतियोगिता सराहनीय रहेको कार्यक्रमका अतिथिहरुले बताएका थिए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले विद्यालयले गरेको कार्यक्रमको प्रशंसा गर्दै वडा नं ६ मा क्वालिटी इंग्लिस सेकेन्डरी स्कूल रहेकोमा आफू गौरवान्वित रहेको बताए । कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का विशेष अतिथि र नमस्ते ख्वप टेलिभिजनका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठ अतिथि थिए ।

प्रतिक्रिया

सम्बन्धित