दुश्मनको खोजीसँगै भोज भतेरतिरओलीको मन

olinकाठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेपछि एमालेभित्र केपी ओलीले आफ्ना दुश्मनको खोजी सुरु गरेका छन् । ओलीको राजीनामामा सहयोग पु-याएको आरोप खेप्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध एमालेमा आगो सल्किएको छ । विशेष गरेर अध्यक्ष ओली समूहका नेताहरूले नेपालविरुद्ध आगो सल्काएको आरोप छ । स्रोतका अनुसार ओली निकट मानिने सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, शंकर पोखरेल, अग्नि खरेल र भानुभक्त ढकालले नेपाल समूहविरुद्ध आक्रमक शैली अपनाएका हुन् । यो समूहले नेपाललाई मात्रै होइन वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई पनि निशानामा राखेको छ । नेपाल, खनाल र गौतमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको भद्र सहमति कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएका थिए । सोही अडानलाई लिएर यी तीन शीर्ष नेताहरूले संसदमा धारणा समेत राखेका थिए । अहिले ओलीका पक्षमा बोल्नेमा सुवासचन्द्र नेम्वाङ, अग्नि खरेल, शंकर पोखरेल, ईश्वर पोखरेल र भानुभक्त ढकाल मात्रै छन् । अरु नेताहरू विपक्षमा छन् । यतिसम्मकी केपी ओलीले सोमबार साँझ रात्रि भोज दिएका थिए । पदबाट राजीनामा दिएका ओलीले मन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरूलाई बोलाएर रात्रि भोज दिएका हुन् । तर ओलीले आफ्नै दलका शीर्ष नेताहरूलाई बोलाएनन् । स्रोतका अनुसार सरकार गिराउन कांग्रेस र माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै ओलीले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई नबोलाउन निर्देशन दिएका थिए । ओलीले आफ्ना गुटका सुवासचन्द्र नेम्वाङ, भानुभक्त ढकाल र अग्नि खरेललाई भने खुसुक्क बोलाएका थिए । यी तीन नेताका साथै ईश्वर पोखरेल र शंकर पोखरेल पनि बालुवाटारको मासुभात खान पुगेका थिए ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित