डा.शशांकको कोटामा को बन्दैछ मन्त्री ?
डा.शशांकको उपचारमा उनले भरपुर सहयोग गरेको स्रोतको भनाइ छ । दीपक र डा.शशांकको दोस्तीलाई डा.शशांककी पत्नीले फिटिक्कै मन पराउँदिनन् । तैपनि डा.शशांकले दीपक गिरीलाई काखी च्याप्ने गरेका छन् । उपचारपछि टोखास्थित निवासमा आराम गर्दै आएका डा.शशांकलाई दीपकसँग भेट्न नदिएको स्रोतको भनाई छ । तैपनि दीपकलाई डा.शशांकले फोन गरेर दुःख सुखका कुरा गर्ने गरेको बताइन्छ । दीपक मन्त्री बन्ने लाइनमा अग्रस्थानमा छन् । उनलाई यसपटक कसैले मन्त्री बन्नबाट रोक्न नसक्ने बताइन्छ । सुशील कोइराला प्रधानमन्त्री बनेका बेला मन्त्री बन्छु भनेर दौरासुरुवाल सिलाएर ठीक्क परेर बसेका दीपकलाई अन्तिममा आफ्नै साथीहरूले रोकेका थिए । यसपटक डा.शशांकको जोडबलमा दीपक जसरी पनि मन्त्री बन्ने दाउमा छन् । डा.शशांक कोइरालाका मन्त्रीका लागि उनी एक मात्र उम्मेदवार हुन् । दीपकलाई नेता रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाले पनि रोक्न नसक्ने उनी निकटहरू बताउँछन् ।
प्रतिक्रिया