एमबिबिएस परीक्षामा रौतहटका दुई विधार्थी नेपालमै पहिलो र दोस्रो
रौतहट । शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विधार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमश: पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोश्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।
शिक्षा मन्त्रालयद्धारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका- १, जेठरहिया चिकना गाँउका विधार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विधार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
एमबिबिएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जली कुमारी झाले ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा
मलेसिया र थाइल्याण्डमा भिषण बाढी
अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ
नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…
फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा
प्रतिक्रिया