प्रचण्ड सुनको अण्डा दिने कुखुरी ?

prachandaकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का कारण  केपी ओली नेतृत्वको वर्तमान सरकार संकेटमा परेका बेला एमालेका सचिव योगेश भट्टराईले आवेगमा आएर प्रचण्डको आलोना गर्न नहुने बताउनुभएको छ । सचिव भट्टराईले ट्वीट गर्दै प्रचण्डलाई आवश्यक्ताअनुसार सबैले प्रयोग गरेको भन्दै अहिले समर्थन फिर्ता लिएको बहानामा जथाभावी भन्न नहुने तर्क दिनुभएको हो ।

  ‘प्रचण्डलाई कुनैबेला सुनको अण्डादिने कुखुरी जस्तो र अर्कोबेला शैतान जस्तो देख्ने दुबै अतिवादवाट सावधान’, एमाले सचिव भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘माक्र्सवादी होऔँ, वस्तुवादी पनि होऔँ ।’एमाले सचिव भट्टराईले प्रचण्डलाई गाली गर्नुभन्दा आफूभित्र पनि केलाउनु पर्ने संकेत छ । ओली सरकारलाई दिएको समर्थन प्रचण्डले फिर्ता लिएपछि एमाले निकटकाहरूले जथाभावी भनिरहेका बेला सचिव भट्टराईको यो भनाइले प्रचण्डलाई राहत मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित