लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ ।
१२ जनाको ज्यान गएको र करिब २८ सय घाइते भएको यस घटनापछि लेबनानी सुरक्षा अधिकारीहरूले इजरायलको गुप्तचर एजेन्सी मोसादले पेजरहरूमा धेरै थोरै मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेको दाबि गरेका छन् । जसका कारण यी श्रृङ्खलाबद्ध विस्फोटहरू भएका थिए । घाइते हुनेमा धेरै हिजबुल्लाह लडाकु र लेबनानका लागि इरानका राजदूत पनि छन् । हिजबुल्लाहले यस हमलाको लागि इजरायललाई दोष दिएको छ र इजरायलविरुद्ध बदला लिने पनि बताएको छ ।
यसरी गराइयो विष्फोट ?
मिडिया रिपोर्टका अनुसार लेबनानी अधिकारीहरूले यस आक्रमणको तयारी धेरै महिनादेखि भइरहेको विश्वास गर्छन् । हिजबुल्लाहले ताइवानी कम्पनी गोल्ड अपोलोलाई करिब पाँच हजार पेजर अर्डर गरेको थियो । जो हालै लेबनान पुगेका थिए । ट्र्याक हुने डरले हिज्बुल्लाह लडाकुहरूले पुरानो शैलीका पेजरहरू प्रयोग गरिरहेका थिए । एक वरिष्ठ लेबनानी अधिकारीले इजरायलले यी पेजरहरू निर्माण गर्दा परिवर्तन गरेको दाबि गरेका छन् ।
अधिकारीका अनुसार मोसादले पेजरभित्र एउटा बोर्ड राखेको थियो, जसमा विस्फोटक पदार्थले चिन्ह लगाइएको थियो । यस बोर्डबाट पेजरहरूले कोड प्राप्त गर्ने बित्तिकै यी पेजरहरू विस्फोट भए । विशेष कुरा के छ भने पेजरमा लगाइएको बोर्ड यस्तो प्रकारको थियो कि यसलाई स्क्यानरमा समात्न निकै गाह्रो थियो ।
यसैबीच ताइवानको कम्पनी गोल्ड अपोलोले विज्ञप्ति जारी गर्दै विस्फोट भएका पेजर कम्पनीले नबनाएको जनाएको छ । यी पेजर युरोपेली कम्पनी बीएसीले निर्माण गरेको कम्पनीले जनाएको छ । युरोपेली कम्पनीसँग ताइवानी कम्पनी गोल्ड अपोलोको नाममा उत्पादनहरू उत्पादन गर्ने इजाजतपत्र छ । गोल्ड अपोलोका संस्थापक तथा अध्यक्ष चिङ–क्वाङले ताइपेईमा सञ्चारमाध्यमसँग कुरा गर्दै विस्फोट भएका पेजरहरू आफ्नो ब्राण्डको भएपनि आफुहरुले नबनाएको बताएका छन् ।
लेबनानका सुरक्षा अधिकारीले पेजरमा करिब तीन ग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको बताएका छन् । यस घटनाको बारेमा इजरायलले हालसम्म कुनै बयान जारी गरेको छैन । हिजबुल्लाहले भने यसलाई आफुविरुद्धको सबैभन्दा ठूलो सुरक्षा उल्लंघन भएको बताएको छ ।
हिजबुल्लाहमाथि आक्रमणका धेरै भिडियो भाइरल भइरहेका छन् । यी भिडियोमा जो जहाँ भएपनि उनको पेजरमा अचानक विस्फोट हुन थालेको देखिन्छ । मानिसहरूले केही बुझेनन् र धेरै ठाउँमा मानिसहरू घाइते भेटिए । कोही बजारमा फलफूल र तरकारी किनिरहेका थिए भने कोही घुमफिर गरिरहेका थिए । अचानक भएको विष्फोटका कारण मानिसहरु पीडाले चिच्याएको र चिच्याउदै गरेको देखिएको थियो ।
केही प्रारम्भिक रिपोर्टहरूले विस्फोटहरू पेजरमा जडान गरिएको लिथियम ब्याट्रीमा भएको बताएका थिए । वास्तवमा, हिजबुल्लाहले प्रयोग गरिरहेको नयाँ पेजरहरूले लिथियम ब्याट्रीहरू प्रयोग गर्छन्। यी ब्याट्री पड्किएर संस्थाका सदस्यहरु घाइते भएका छन् । जब लिथियम ब्याट्रीहरू धेरै तातो हुन्छन्, तिनीहरूले धुवाँ उत्सर्जन गर्छन् वा पग्ल्छन् । धेरै पटक, तिनीहरू अचानक विस्फोट र आगो समात्छन् ।
रिचार्जेबल लिथियम ब्याट्रीहरू मोबाइल फोनदेखि ल्यापटप र विद्युतीय कारहरूमा पनि प्रयोग गरिन्छ । यसले ५९० डिग्री सेल्सियस (११०० डिग्री फरेनहाइट) मा आगो समात्न सक्छ। एक रिपोर्टका अनुसार हिजबुल्लाहका पेजर ह्याक गरी त्यसमा विस्फोट गराइएको थियो ।
प्रारम्भिक जानकारी अनुसार, पेजरको सर्भर भंग भएको थियो र यसमा कोड घुसाइएको थियो, जसले पेजरमा कार्यक्रम ओभरलोडिङको कारण बन्यो । जसले गर्दा डिभाइसमा ओभर हिटिङ समस्या भयो र यसमा जडान गरिएको लिथियम ब्याट्री विस्फोट भयो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_UupS7zRXEX_1q5wmijet6fzfvf7qcn18slw5t0xcjz8o6wo2w0qup0rvwfu1hju8pz0byxw.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_A9VJeOazJE_bpikquvcazxbvd0z16mtemi9uepkov0otq1zthpxsfmchbjlyi4vds4b7xyj.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_WL2ph4DpMY_kezojo6exi4vvvhnywklegcklnbpecq9xegtyryna9tbytwlxyudcpjiopge.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया