दाहाललाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत : माओवादी केन्द्र
काठमाडौं : माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको दाबी गरेका छन् । माओवादी केन्द्र संसदीय दल सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयको जानकारी गराउँदै यस्तो दाबी गरेका हुन् । संविधान कार्यान्वयनको लागि पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्ने महराले बताए । उनले माओवादी केन्द्र अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो राति छलफल भएको जानकारी दिंदै छलफलका क्रममा प्रधानमन्त्री ओली राष्ट्रिय सहमतीय सरकारको पक्षमा नदेखिएकाले सरकारलाई समर्थन फिर्ता लिएको जानकारी गराए ।
प्रतिक्रिया