रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

सञ्जय मिश्रा, रौतहट । पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमश: नियन्त्रण हुँदै गएको छ । समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् ।

हैजा अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।  वडा नम्बर ४ स्थित जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन निरीक्षण गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको ।

असोज २ गतेदेखि राजपुर- ४ मा १ जना बिरामीबाट सुरुभएको हैजा ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरूष बालबालिकामा लागेपछि नगरपालिकाको अनुरोधमा वडा नम्बर ४ लाई निषेधित गरिएको थियो ।

सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् ।  हैजा प्रभावित ६० जनाभन्दा बढी बिरामी क्रमश: निको हुँदै घर फर्किसकेका स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन् ।

प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भईरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन् ।

दुषित खाने पानीको प्रयोगले राजापुरको दुईटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकालीन आदेश  अन्तरिम

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट हस्तान्तरण र अस्पताल निरीक्षण सम्पन्न "

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुरु गर्ने

निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुरु गर्ने