चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक शक्तिबाट चलेको थियो । घटना गत मे वा जुन महिनामा भएको भएपनि यसको जानकारी अहिले मात्रै बाहिर आएको छ ।
धेरै अमेरिकी अधिकारीहरूले पनि पनडुब्बी डुबेको दाबी गरेका छन् । तर, चीनले यो कुराको पुष्टि भने गरेको छैन । वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे र आफूलाई यससँग सम्बन्धित कुनै जानकारी नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मागत र्च १० मा, म्याक्सर टेक्नोलोजीको एक स्याटेलाइट छविले वुहान नजिकैको शिपयार्डमा झोउ-क्लास पनडुब्बी देखाएको थियो । यो पनडुब्बी यसको लामो पुच्छरद्वारा चिनिन्छ । यसपछि मे १६ मा प्लानेट ल्याब्सको स्याटेलाइट छविमा पनि देखियो । जुनको अन्त्यमा फेरि फोटो खिचियो, जसमा यो देखिएन ।
स्याटेलाइट छविहरूमा अनुसन्धान गर्ने टम शुगार्टले पहिलो पटक यो जानकारी दिए । शुगार्टले सुरुमा आफूले पनडुब्बी डुबेको हुनसक्ने अनुमान गरे पनि पछि यो चीनको आणविक शक्तिबाट चल्ने पनडुब्बी भएको थाहा भयो । उनले भने- '
स्यान डिएगोमा एउटा अमेरिकी आणविक पनडुब्बी डुब्यो र सरकारले यसलाई दबाएर कसैलाई यसबारे केही बताएन भने के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? यो सम्भव छैन ।'
वाल स्ट्रिट जर्नलले पनडुब्बीलाई बचाइएको दाबी गरेको छ तर यसलाई फेरि सञ्चालनमा आउन केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले पनि यो घटनाको पुष्टि गरेको छैन ।
अमेरिकी अधिकारीले यो डुबेको कारण थाहा नभएको बताए । डुब्दा त्यसमा आणविक इन्धन थियो कि थिएन भन्ने बारे स्पष्ट नभएको बताइएको छ । यस दुर्घटनामा मानवीय क्षति भएको हो वा नभएको खुल्न सकेको छैन ।
यसअघि गत वर्ष अगस्टमा पनि चिनियाँ आणविक पनडुब्बीमा ५५ सैनिकको मृत्यु भएको दाबी गरिएको थियो । चिनियाँ पनडुब्बी पहेँलो सागरमा एउटा ब्यारियरसँग ठोक्किएपछि त्यसको अक्सिजन प्रणाली फेल भएको थियो । यसपछि निसास्सिएर सैनिकको मृत्यु भएको खबर आएको थियो । यद्यपि चिनियाँ अधिकारीहरूले कुनै दुर्घटना भएको अस्वीकार गरेका थिए ।
चीनले सबैभन्दा धेरै आणविक पनडुब्बी बनाउने तयारी गरिरहेको छ । चाइना मिलिटरी पावर रिपोर्ट २०२३ अनुसार चीनसँग ६ आणविक इन्धन ब्यालिस्टिक मिसाइल पनडुब्बी, ६ आणविक इन्धन आक्रमण पनडुब्बी र ४८ डिजेल आक्रमण पनडुब्बी छन् । त्यहाँ दुई प्रकारका परमाणु पनडुब्बीहरू छन् । ब्यालिस्टिक मिसाइल पनडुब्बी र आक्रमण पनडुब्बी । ब्यालेस्टिक मिसाइल पनडुब्बी बढी शक्तिशाली रहेको बताइएको छ ।
योसँगै अमेरिकासँग ५३ द्रुत आक्रमण पनडुब्बी, १४ ब्यालेस्टिक मिसाइल पनडुब्बी र चार गाईडेड मिसाइल पनडुब्बी छन् । अमेरिकाको सम्पूर्ण पनडुब्बी बेडा परमाणु ऊर्जामा चल्छ ।
चीनले आफ्नो पनडुब्बीको संख्या २०२५ सम्ममा ६५ र २०३५ सम्ममा ८० पुर्याउन चाहन्छ । चीनसँग पहिले नै ३७० भन्दा बढी जहाजहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना छ । चीनले अब परमाणु इन्धन जलाउने आक्रमणकारी पनडुब्बीको नयाँ पुस्ताको उत्पादन समेत सुरु गरेको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_nmHCHC64Vt_ygprb1zyal7nva4farh6iw8wawtbciy3phriftou5zykmlnf17uvs1zsyejz.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_XLYzQjJfQq_ctuh2n2eiydmtkhw5rpetyoogmk77le0defolzob3dgrnbgfnlqiifluoyao.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_2rSWzxpvVv_pgbeg5ihusa2ix4rxoj1gnofg8bv87zoeh2rfdut3dvpfjdnbdwdzlxu24yv.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया