ओली–नेपाल समूहबीच ‘वार’

kpmakuneeकाठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली लोकप्रिय हुँदै गएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहको टाउँको दुःखाइ सुरू भएको छ । नेपाल समूहले ओली समूहलाई विभिन्न बहानामा आक्रमण थालेको छ । अहिले ओली–नेपाल समूहबीच स–साना कुरालाई लिएर एकले अर्को समूहको उछितो काड्ने कार्य गर्दै आएको छ । ओली समूहले नेपाल समूहलाई आफ्नै पार्टीको मुखपत्र नवयुग पत्रिकाको ग्राहक संख्यालाई लिएर आक्रमण थालेको हो । प्रचार विभागका प्रमुख अहिले नेपाल समूहका योगेश भट्टराई छन् । भट्टराईले आफूले जिम्मेवारी लिने क्रममा नवयुग पत्रिकाको ग्राहक एक लाख पु-याई छाड्ने बताएका थिए ।

 तर, अहिलेसम्म उनले ४० हजारभन्दा बढी ग्राहक बनाउन सकेका छैनन् । नवयुग पत्रिकाको ग्राहक बनाउने योजनामा ओली समूहले अबरोध पु-याएर योगेश भट्टराईलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप छ । कुनै बेला प्रचार विभागका सचिव भएका तथा अहिले केपी ओलीका ‘हनुमान’ बनेका सूर्य थापाले भट्टराईविरुद्ध अभियान नै छेडेका छन् । थापाले योगेश भट्टराई असफल भयो भनेर आफ्नो गुटमा खासखुस गर्दै हिँड्ने गरेको आरोप छ ।यो कुरा चाल पाएपछि योगेश भट्टराई पनि सूर्य थापाको गलत हर्कतको भण्डाफोरमा लागेका छन् । हुन त पार्टीको राजनीतिमा सूर्य थापा योगेश भट्टराईभन्दा धेरै जुनियर हुन् । योगेश अहिले पार्टी सचिव छन् । सूर्य थापा केन्द्रीय सदस्य मात्रै हुन् । एमालेभित्र योगेश भट्टराई मिजासिला नेताका रुपमा चिनिन्छन् । तर, सूर्य थापाले त्यो उपाधि पाएका छैनन् । उनलाई एमालेका नेताहरूले घमण्डीको संज्ञा दिँदै आएका छन् ।

  प्रेस चौतारीमा नयाँ कार्यसमितिका लागि सर्वसम्मत गराएको भनेर त्यसको जस सबै आफै लिन खोजिरहेका थापाको हर्कतबाट भट्टराई चिडिएका छन् । थापाले अहिले ‘योगेश भट्टराईले आफ्नै प्रचार विभागमा सहमति गराउन नसकेर सचिवमा चुनाव गरायो’ भनेर प्रचार गराउँदै हिँडेका छन्,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । तर, भट्टराईले यो आरोपलाई वालमतलब गरेका छैनन् । प्रचार विभागको सचिवमा नेपाल समूहका विष्णु रिजाल अत्याधिक मत पाएर विजयी भएका छन् । प्रचार विभाग ओली समूहबाट बाहिर गएपछि सूर्य थापा समूह तिलमिलाएको आरोप छ । बुधबार विदेश भ्रमण सकेर स्वदेश फिर्ता भएका वरिष्ठ नेता नेपालको स्वागतमा ओली समूहका एकजना नेता त्रिभुवन बिमानस्थल गएनन् । नेपालको स्वागतका लागि सीमित युवा नेताहरू मात्रै पुगेका थिए । ओली समूहले नेपालको स्वागत गर्न नगएर बहिष्कार गरेको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित