विपक्षी दलका नेता इजरायलको सरकारमा सामेल

काठमाडौँ । विपक्षी नेता गिदोन सार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारमा सामेल भएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहुले गिदोन सारलाई सरकारमा फर्किएपछि स्वागत गरेका छन् । न्यु होप पार्टीका नेता गिदोन सारले देशले अहिले कठिन अवस्थाको सामना गरिरहेको बताउदै यस्तो अवस्थामा देशभक्ति गर्ने सही समय भएको बताए ।
गिदोन सारले वर्तमान समयमा इजरायलको सरकार, एकता र एकतालाई मजबुत बनाउन निकै जरुरी रहेको बताउदै आफुले प्रधानमन्त्री नेतन्याहुको अनुरोध स्वीकार गरेको बताएका छन् । उनले आफु कुनै पनि विभागको मन्त्री नभई गठबन्धनमा सामेल भएको बताएका छन् । उनलाई रक्षामन्त्री पदको प्रस्ताव गरिएको बताइएको छ ।
टाइम्स अफ इजरायलका अनुसार गिदोन सार सरकारमा सामेल भएपछि नेतान्याहू सत्तारुढ गठबन्धन विस्तार भएको छ । नेतन्याहुले सारलाई सुरक्षा मन्त्रिपरिषद्मा स्थान दिनेछन्, जसले चलिरहेको युद्धको व्यवस्थापनको निरीक्षण गर्दछ । सार चार सदस्यीय न्यू होप पार्टीको नेतृत्व गर्छन् । उनको प्रवेशपछि सत्तारुढ गठबन्धनमा ६८ सदस्य भएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_ZeBxwoOpvo_dvd4qnvk65kxuvsjb5rjw5dxystd03mpiasnprvzsyakdyv4tkfpmoakyknm.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_CTFwrAVE6H_m6aespbhqlutr88hoyr2fzavanlae0lbgsk4kxbnntj3smhdhekvzy5fnp9i.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_fKflFoZdHn_gdppnmfqrzhu4hpcoj1guqrx9tktsmiw2pbzjrbeltkvkbnmdqha9kvqrs7h.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया