दयाहाङ र रिचाले उत्कृष्ट कलाकार छान्ने

raiकाठमाडौं ।चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’मा यि कलाकार जर्जका रुपमा रहने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगिताको यहि असार २२ गते बुधबारबाट छनौट चरणको अडिसन सुरु हुने जानकारी गराएको छ ।

 पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुनै स्थानमा रहेका प्रतियोगीले पनि यसमा सहभागिता जनाउन सक्ने आयोजकले एक बिज्ञाप्ती मार्फत जनाएको छ । उपत्यका बाहिरको प्रतियोगीलाई ,भिडियो मार्फत चयन हुने ब्यवस्था मिलाएको र उपत्यका भित्र ‘काठमाडौ , ललितपुर र भत्तपुर’का प्रतियोगीले नेक्स्ट मोडल्स नेपालको कार्यलय अनामनगरमा आवेदन दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

 युवा युवतीको अभिनय मोहलाई सम्मान गर्दै अभिनयमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउने र ति प्रतिभालाई उचित अवसर प्रदान गर्ने उदेश्य कार्यक्रमको रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

   बिभिन्न चरणबाट छानिएका ६० प्रतियोगिलाई मात्र ३५ दिने आधुनिक प्रशिक्षमा सहभागि गराइनेछ । प्रशिक्षणमा सहभागी मध्यबाट टप ४०,टप २० ,टप १० र टप ५ हुँदै उत्कृष्ट एक छानिने नेक्स्ट मोडल्स नेपाल अध्यक्ष रवि धमलाले जानकारी दिए ।नेपाली युवायुवतीको अभिनय कला बाहिर ल्याउने उदेश्य रहेको प्रतियोगीतामा अनुप बिक्रम, क्रिम परियार, बिनोद पौडेल, महेश त्रिपाटी लगायतको प्रतियोगीलाई प्रशिक्षक रहनेछ । प्रतियोगीताको विजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित