देउवालाई असफल बनाउन कांग्रेस नेताको भित्री खेल

deauwaकाठमाडौं । व्यवस्थापिका संसदको प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय र संगठनात्मक दुबै मोर्चामा असफल बनाउन प्रभावशाली नेता बिमलेन्द्र निधीले हरेक हत्कण्डा अपनाउन थालेका छन् । २०५७ सालमा पोखरामा भएको १० औं महाधिवेसनदेखि नै देउवालाई साथ दिंदै आएका नेता निधी १३औं महाधिवेसन सम्पन्न भएसँगै देउवालाई असफल बनाउने रणनीतिमा लागेका हुन् । तथापि निधीले देउवाको प्रत्यक्ष बिरोध वा असहयोग गर्नु भन्दा पनि देउवाका हरेक कार्यलाई उत्तेजित र एकलौटी बनाउने प्रयास गरी देउवालाई असफल बनाउन लागेका हुन् । पछिल्लो समय संविधानबाट संविधान जारी गर्ने बिषयमा मधेशको एजेण्डालाई लिएर नेता देउवासँग निधीको गम्भिर मतभेद थियो । अहिले भने निधीले देउवालाई संगठनात्मक हिसावले असफल बनाउन देउवालाई सभापतिमा निर्वाचित गर्न भूमिका खेल्ने नेताहरुलाई वाइपास गर्न दबाब दिइरहेका छन् । लामो समयदेखि आफ्नै गुटमा बसेकाले धेरै कमजोरी पक्ष समेत थाहा पाएका निधीलाई देउवा अलग्याउन चाहदैनन् ।

   निधी संस्थापन पक्षबाटै बिद्रोह गरी गत फागुनमा सम्पन्न पार्टीको १३ औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला र आफ्नो गुट सहित देउवालाई समर्थन गरेका प्रभावशाली नेता खुमबहादुर खड्कालाई अलग्याउन चाहन्छन् । तर, देउवा भने आफुले सभापतिमा जित्नुको मुख्य कारण सिटौला र खड्काको भूमिका हो भन्ने कुरामा स्पस्ट छन् । तर, आफ्नो गुटको हरेक संयन्त्र सम्हालेर बसेका निधीलाई नचिढ्याउने देउवाको रणनीतिका कारण देउवा पार्टी बिधान बमोजिम अघि बढ्न समेत सकेका छैनन् । निधीलाई मात्र पहिलो प्राथमिकता दिदा देउवा निकटका प्रभावशाली केन्द्रीय सदस्यहरु यतिवेला देउवासँग चिढिन थालेका छन् । उनीहरुले सत्ता र संगठनमा देउवाले निधीलाई मात्र बढी विश्वास र भर गर्ने गरेको गुनासो गर्न थालेका छन् । पार्टी संगठन चलाउन नसकेको आरोप देउवाको काधमा थुपार्न सकियोस र आगामी महाधिवेसनमा देउवाको उत्तराधिकारीको रुपमा आफु स्थापित हुन सकियोस भन्ने दाउमा निधी लागेका छन् । संसदीय दलको उपनेता दिन देउवा तयार भएपनि अश्विकार गरेका कृष्णप्रसाद सिटौला र महाधिवेसनमा देउवासँग भएको सहमति अनुसार उपसभापति वा महामन्त्री जे दिए पनि श्वीकार्न तयार खुमबहादुर खड्कालाई कुनै पनि भूमिका दिनु हुन्न भन्ने रणनीति बमोजिम निधीले देउवालाई कुनै पनि निर्णय गर्ननदिएको बुढानिलकण्ठ स्रोतले बतायो । निधीले आफुलाई उपसभापति वा महामन्त्रीमध्ये यो चाहियो भनेर माग्नु भन्दा खड्कालाई उपसभापति बनाए भ्रष्टाचारमा लागेको व्यक्ति ल्याएको भनेर आलोचना हुने भन्दै रोकेका छन् । त्यस्तै, देउवाले खुमबहादुरलाई ल्याउँदा बिबाद हुन्छ भने तपाइलाई उपसभापति र पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउछु भन्दा पनि बिरोध गरेको बुढानीलकण्ठ स्रोतले बतायो । निधीले पूर्णबहादुरलाई महामन्त्री बनाए खुमबहादुर र सिटौलाको हावी हुने र देउवा गुट कमजोर हुने दलिल पेश गरेका छन् । निधीको यस्तो तर्कको देउवा पत्नी आरजुले समेत साथ दिदा देउवा क्रमश कमजोर हुदै गएका हुन् । देउवालाई पार्टी बिधान बमोजिम दुई महिना भित्र पदाधिकारीको नाम सिफारिस गर्न सल्लाह दिनु भन्दा पदाधिकारीमा नियुक्त गर्दा आफ्नो गुट कमजोर हुने तर्क गरेपछि देउवालाई पार्टी भित्र र बाहिरसमेत बिधान मिचेको आरोप लाग्ने गरेको छ । महाधिवेसन भएको दुई महिना भित्र पदाधिकारी नियुक्त गरेर सबै संगठनात्क निकायलाई पूर्णता दिनु पर्ने बैधानिक प्रावधानलाई मिच्न बाटो देखाएर निधीले देउवा गुटका अन्य सदस्यहरुलाई पनि चिढ्याएका छन् । देउवा गुटका प्रभावशाली केन्द्रीय सदस्यहरु पूर्णबहादुर, खुमबहादुरका अतिरिक्त ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, वालकृष्ण खाँड र डा। प्रकाशशरण महत समेत निधीको देउवालाई नियन्त्रणमा राख्ने रणनीति र क्रियाकलापप्रति शसंकित बनेका छन् । उनीहरुले संविधान जारी गर्दा निधीको एजेण्डामा नहिडेका देउवालाई प्रतिशोध साध्न पार्टी भित्र यस्तो षडयन्त्र गरेको निष्कर्ष निकाल्न थालिएको छ । मधेशको एजेण्डामा देउवाले तत्कालिन सभापति शुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलाले भने झैं मधेशका एजेण्डामा समर्थन गरेर आफ्नो मागलाई वेवास्था गरेको भनेर गम्भिर असन्तुष्टि व्यक्त गरेका थिए । संविधान जारी गर्ने समय र जारी भएपछिको अवस्थामा निधीले देउवाको भन्दा फरक मत राख्दै आएका तत्कालिन पार्टी सभापति शुसिल कोइरालासँग नजिक भएर देउवालाई असहयोग गरेका थिए । देउवालाई पार्टी संगठनमा मात्र होइन, संसदमा समेत निधीले सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । पछिल्लो समय सरकारले पेश गरेको नीति तथा कार्यक्रममा राजधानीबाट तराई जोड्ने फास्ट ट्याक निर्माण ठेकेदारलाई नदिएर सरकारले आफै बनाउने घोषणा गरेको थियो । तत्कालिन भौतिक योजना मन्त्रीको हैसियतले फास्ट ट्याकको ठेक्का भारतीय कम्पनीलाई दिएपछि अदालतमा सो बिषय बिचाराधिन थियो । तर निधीले अदालतमा बिचाराधिन बिषयलाई समेत वेवास्था गर्दै प्रतिपक्षी दलका नेताको हैसियतमा रहेका देउवालाई संसदमा बोल्न लगाएर बिबादमा मुछेका थिए । त्यति मात्र होइन, निधीले प्रचण्डसँग मिलेर ओली सरकार ढाल्ने कांग्रेस माओवादीको योजनालाई मधेशवादी दलहरुसँग वार्ता गरेर सार्बजानिक गरेका थिए । गोप्य रुपमा रणनीतिक ढंगले गर्ने कार्य औपचारिक गोष्ठीमा जस्तो छलफल र प्रचार चलाएर देउवाले सत्ता लिन हतार गर्दैछन् भन्ने नकारात्मक सन्देश प्रबाह गरेका थिए । देउवासँग सधै मेधश एजेण्डा समाधान गर्नु प(यो भनेर माग तेस्र्याउने निधीले देउवालाई एक्लयाउदै असफल बनाउन खोजिएकोमा देउवा पक्षधर अधिकांस केन्द्रीय सदस्यहरु यतिवेला निधीसँग चिढिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित