एनसेलसँग एक रुपैया पनि मागिएको छैन : सन्तोष बुढा मगर
काठमाडौं । राज्यलाई अर्बौ कर छलिरहेको एनसेलसँग कुनै पनि प्रकारको चन्दा माग नभएको र बार्गेनिङ नगरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रस्ट पारेको छ । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य सन्तोष बुढा मगरले एनसेलले राज्यलाई ४६ अर्ब रुपियाँ कर नतिरेको हुँदा त्यस्को बिरोध गरेको बताए । मगरले भने - ' त्यो रकम तिनुपर्छ । अटेर गरेको छ । भ्रष्टाचार, कालोबजारीबाट एनसेलले नेपाली जनताको करोडौँ रुपियाँ डुबाउन चाहन्छ ।'
कसैले एनसेल वा भ्रष्टाचारीलाई कारबाही गर्छ भने आफ्नो समर्थन रहने उनले बताए । मगरले भने - 'एनसेलका बारेमा धेरै अगाडिदेखि हामीले बोल्दै आएका छौँ । ४६ अर्ब कर नेपाललाई तिर भनेका छौँ । कर छलेर नेपाली जनताको टाउकोमा २१ हजार ऋण थप्रिएको छ । जनता भोकै मर्नुपरेको छ । पालमुनि सुतेका छन् । नेपाल सरकारको कुनै बेलाको वार्षिक बजेट जति रकम एनसेलले कर तिर्नुपर्ने छ ।
यस्तो अवस्थामा कर नतिर्ने एनसेललाई जनताले कारबाही गरेका हुन् । त्यसमा हाम्रो समर्थन छ । एनसेलसँग चन्दा मागेका छैनौँ । एनसेलसँग बार्गेनिङ गरेका पनि छैनौँ । एक पैसो पनि ल्याएका छैनौँ ।'पछिल्लो समय एनसेलसँग विप्लव माओवादीले बार्गेनिङ गरेको जस्ता समाचार बाहिर आउन थालेपछि माओवादीका नेताले त्यस्को खण्डन गरेका हुन ।
प्रतिक्रिया