खेलको टिकट सकियो पासका लागि फोन नगर्नु, घरमै बसेर खेल हेर्नुः पारस खड्का

काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएल उद्घाटन खेलको टिकट सकिएको बताएका छन् । सीमित पूर्वाधारका कारण टिकट सकिएकाले घरबाटै खेल हेर्न आग्रह पनि गरेका छन् ।
उनले खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका हुन् । साथै एनपीएलको पहिलो म्याचका टिकट र भिआइपी पासहरू सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न उनले अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआइपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ । भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ । यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।’
साथै उनले भोलि(शनिबार)को खेलको पासका लागि फोन वा सन्देश नगर्नसमेत आग्रह गरेका छन् ।
आठ टिम सम्मिलित एनपिएल शनिबारदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने छन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_DgWQDa8B8w_sh0f1ffmb3wmicg3qdyto0hmozldxapcjubrvwaovgiksgg8l4jotcvqw6hh.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_gpBSduZs9n_y242nqimezi9esoqpptgt92lxomgkgwdlnhmwonnjtyi2vyegqjzikp9ogfk.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_5CaJu2BHTY_g05wtloccy2splm8lxz8d6cvw91fcr0a3mkj3r3jjzs4m1bptgust0abwn41.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_CdEE4UsyKo_u2626c3ydjmtiisibo9sryspl2ikkwuumgdfyihzjpc0474k2z5bcs8nbkuv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_QLw6a6AI0i_5sg2wrklnnymx0hngxltb1oqqjsceora5zfktjxw70ribhj4hmlt1fgtp9ct.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6vyZmbKNZ1_y4pb8tvifqi9t2gosfwlbh8iiy8ex88yy6smuw8ufhksroikpkhblc0c2gc4.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_5F6LoGPci4_x4byew1e135ejd7k5lqibzbxsvrwlfvdinubf3ieyv3dikiwmrbgfq8f8ajl.jpg)
प्रतिक्रिया