नेपाल प्रिमियर लिगः पहिलो खेलमा विराटनगरविरुद्ध जनकपुरको शानदार जित

काठमाडौं ,
लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेर विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो ।
टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए ।
जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका क्रिस सोल बिना कुनै रनमा पभेलियन फर्काउन सफल भएका थिए ।
जनकपुर बोल्ट्सले दोस्रो ओभरमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई गुमाउनु परेको थियो । उनलाई विराटनगर किङ्सका बलर प्रतिश जीसीले बोल्ड गरेका थिए । अनिल ४ बलमा ५ रन बनाएर फभेलियन फर्किनु परेको थियो ।
जनकपुर बोल्ट्सको सुरुवाती चरणमै धरमराएको पारी सम्हाल्ने क्रममा लाहिरु मिलन्थाले ७५ रन बनाए । यस्तै हर्ष ठाकरले २९ रन जोड्दा विराटनगर किङ्स पराजित हुन पुग्यो ।
यसअघि आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्स १९ ओभरमा १२७ रन जोड्दा अल आउट भएको थियो । उसका लागि मार्टिन गप्टिलले ४३ रनमा ७ चौका र १ छक्कासहित ५५ रन बनाएका थिए । विराटनगरका लागि अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रनको योगदान पुर्याएका थिए ।
जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले विराटनगर किङ्सका तीन विकेट लिँदा हर्ष ठाकर र किशोर महतोले समान २–२ विकेट लिएका थिए । यस्तै बेन माइक र मोहम्मद मोहसिनले विराटनगर किङ्सका समान १–१ विकेट लिएका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_7SskcpqaCk_pjqskfehg7xnuennpjl3pmvfihspaswszdz1rjfmscvq14ogwune5odqqutr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_3eU65gtytG_3ouzjvulbxcuwrvtnmiux2clozaiufzikyiyow4qjxqznwkmjndeip68hggv.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_5xoZ25Hg8S_vjmawh4txur0mw509wvd6pxnecyb0sfnuzwnfwv7pslvppiarovpx4eah6kk.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_iC80wu7dWG_n3lsropbzetpnhad1chasiokm0fi8dyqur1byshdx68xb14i8aaxktch9fcb.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_qlPjwRs7rG_grvgs6se4uwrqd8wsppsg6cwygheynylwycxpcock5bzysyjkfgczzvdnn1d.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_l0owTblb6c_juzezxpyczvdhffrfwtad7fjrdk64mrnzmbgwnhiv1r1tbkku2pjgykbttjc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_fh5AyeEntl_t9gv9c349mhinrjqs8mjuph6anfedjnaoplqbraez0hvcfsyf8j0c8dd3n7e.jpg)
प्रतिक्रिया