चन्द्रागिरीका विद्यालयहरूमा यौनजन्य हिंशा विरुद्धको सचेतना

चन्द्रागिरी नगरपालिकाको विभिन्न विद्यालयमा बालबालिकाहरूका लागि यौनजन्य हिंसाको विरुद्धमा सचेतना कक्षा सञ्चालन गरिएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सिविन नेपाल र साथी शिक्षकको सकृयतामा विद्यालयमा हुने दूर्व्यवहार, योनजन्य हिंशा लगायतलाई रोक्नका लागि कक्षाहरु सञ्चालन गरिएको हो ।
सिर्जना तामाङ, निर्भिका रिजाल, अफ्सना खातुन र सुपृया दानिको सकृयतामा कक्षाहरु चन्द्रागिरी नगरपालिकाका विभिन्न विद्यालयमाहरुमा सञ्चालन गर्दै आइरहेको छ ।
जसअन्तर्गत विद्यार्थीहरूलाई घर तथा विद्यालयमा हुने हिंशा वा दूर्व्यवहार, नराम्रो नियतले छुनु, लिंग र लैंगिकता तथा महिनावारी शिक्षा लगायतका विषयमा सचेतना दिइएको तामाङले जानकारी दिइन् ।
विद्यालयमा शिक्षकले नै छात्रछात्रालाई गलत नजरले हेर्ने, हिंशा गर्ने जस्ता घटना भइरहेको सन्दर्भमा त्यसलाई न्यूनीकरणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो,’ उनले बताइन् ।
तामाङका अनुसार यस संस्थाले मंगलदय मा.वि., कर्म बुद्धिस्ट सेन्टर र विष्णुदेवी स्कुलमा कक्षाहरु सञ्चालन गरिसकेको छ ।
चन्द्रागिरी नगरपालिका भित्रका विद्यालयहरूमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई सचेतना दिइएको उनले बताइन् ।
अब अन्य विद्यालयहरूमा पनि यस्तो कक्षा सञ्चालन गरिने उनको भनाइ छ । साथी शिक्षक तामाङले विभिन्न तालिमबाट दक्ष भएका तथा आधिकारिकता पाइरहेका साथी शिक्षकहरुले कक्षाहरु नगरपालिका र विद्ध्यालयहरुको समन्वयमा संचालन गरिरहेको समेत बताइन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_fLuIvfG3Eq_t9tazwd8ffyev8fskoe5ckhejt3t1b4fqbddvmechngcyarfhoxw9oioa2qr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_gpBSduZs9n_y242nqimezi9esoqpptgt92lxomgkgwdlnhmwonnjtyi2vyegqjzikp9ogfk.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_V0lEXgRomh_fsxi49at846o3v2wzikolsgkhdl8ijq1ofehlaz487hd5watflfjtwefk3wg.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_CdEE4UsyKo_u2626c3ydjmtiisibo9sryspl2ikkwuumgdfyihzjpc0474k2z5bcs8nbkuv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_QLw6a6AI0i_5sg2wrklnnymx0hngxltb1oqqjsceora5zfktjxw70ribhj4hmlt1fgtp9ct.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6vyZmbKNZ1_y4pb8tvifqi9t2gosfwlbh8iiy8ex88yy6smuw8ufhksroikpkhblc0c2gc4.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_5F6LoGPci4_x4byew1e135ejd7k5lqibzbxsvrwlfvdinubf3ieyv3dikiwmrbgfq8f8ajl.jpg)
प्रतिक्रिया