नेबिसंघमा नक्कली प्रतिनिधि हावी भएपछि विवाद
काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ (नेबिसंघ) मा ११ औं महाधिवेसन हुन एक महिना बाँकी छँदै कुटाकुट शुरु भएको छ । नेबिंसघको आसन्न महाधिवेसन र शिक्षा बिषयक कार्यक्रम होटल हार्दिकमा चलिरहँदा नेबिसंघका केन्द्रीय सदस्य इन्दु शर्मालगायतलाई संघका अर्का केन्द्रीय सदस्य ऋषिकेसजंग शाहसहितको समूहले कुटपिट गरेका हो । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रमलाई संवोधन गरी बाहिरिनासाथ महिलालाई बोल्न दिनु प-यो भनेर आवाज उठाउने केन्द्रीय सदस्य शर्मा र त्रिचन्द्र क्ययाम्पसका पूर्वस्ववियू सभापति प्रचण्ड न्यौपाने ‘गुण्टु’लाई ड्यासमा बसेका शाहसहित नेबिसंघका कार्यबाहक सभापति सानुबाबु महर्जन र काठमाडौं नेविसंघका अध्यक्ष मनोज बैद्यले आक्रमण गरेका थिए ।
नेबिसंघका केन्द्रीय सदस्यहरु क्षितीज भण्डारीले आफ्नो धारणा राखे लगत्तै महिलालाई पनि बोल्न दिनु प-यो भन्नासाथ केन्द्रीय सदस्य इन्दु शर्मामाथि आक्रमण भएको थियो । आक्रमणबाट शर्मा गम्भिर घाईते भएपछि हस्पीटल लगिएको थियो । शर्माले युनाईटेड पोष्टसँग भने–‘मैले बिगतदेखि नैं अध्यक्ष रञ्जित कर्ण र ऋषिकेसजंग शाहले महाधिवेसनका नाममा जथाभावी चन्दा उठाएको भनेर बिरोध गर्दै आएको थिएँ । सोही कारण माथि आक्रमण भएको हो ।’ उनले एनसेल र नेपाल टेलिकमबाट लिएको चन्दाको पारदर्शीताको कुरा उठाएकोले बिरोध भएको बताए । शर्माले नेबिसंघ भित्र उठाउँदै आएको गलत कार्यविरुद्ध केन्द्रीय सदस्य बिष्णुदत्त जोशी, महेश नेपाली, बलदेव तिम्सिना, जीत शेरचन लगायतले साथ दिएको बताए ।
उनले ४१ जिल्लामा भएको भनिएको अधिवेसन बिबादित भएको भन्दै त्यसको बिबाद नसल्टाई महाधिवेसन हुन नसक्ने वताउँदै आएका छन् । नेबिसंघको महाधिवेसनको बिषयलाई लिएर एघारौं महाधिवेशनमा नक्कली प्रतिनिधिको बोलवाला रहेको र नेबिसंघ नेतृत्वले बिवाद टुंगिएको भनिएका ६४ जिल्लामा नै ६०० भन्दा बढि प्रतिनिधि नक्कली रहेको प्रतिवेदन बुधबार नेबिसंघको टोलीले सभापति शेरबहादुर देउवालाई बुझाएको थियो । देउवा निवास पुगेका करिब दुई सय बिद्यार्थी नेता कार्यकर्ताको समूहलाई सम्बोधन गर्ने क्रममा देउवाले बिबाद मिलाउने आश्वासन दिएका थिए । नेबिसंघ नेता कुन्दनराज काफ्ले, युबराज पाण्डेय, जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारी बस्नेत, तुलसा पन्तलगायतको नेतृत्वमा पुगेका बिद्यार्थी नेताहरुले बिबादित २२ जिल्ला, बिश्वबिद्यालय र उपत्यकाका क्याम्पसहरुमा बिधिबत अधिबेशन तथा भागबण्डा गरि बनाईएका नक्कली प्रतिनिधि खारेज गरि महाधिबेशन सुनिश्चित गर्न माग गरेका थिए ।
जबाफमा देउवाले पार्टी केन्द्रिय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरि महाधिबेशन सुनिश्चित गरिने कुरामा आश्वस्त पारेका थिए । हालै सम्पन्न नेबिसंघ केन्द्रिय समितिले साउन २३–२५ लाई महाधिबेशनको मिति तोकेर बिबाद समाधानका निमित्त सात सदस्यिय कार्यदल बनाएको थियो । तर, सो कार्यदललाई साउन ५ सम्म प्रतिबेदन बुझाउने म्याद दिनुका पछाडि नेबिसंघ नेतृत्वको महाधिबेशन नगर्ने नियत रहेको आरोप समेत बिद्यार्थी नेताहरुले लगाएका छन् ।
महाधिबेशनमा महामन्त्रीका आकांक्षी समेत रहेका विद्यार्थी नेता डिल्लीराम सुबेदीले भने–‘साउन २३ मा महाधिबेशन तोक्ने तर करिब १५ सय महाधिबेशन प्रतिनिधिमा रहेको बिबादबारे प्रतिबेदन बुझाउने कार्यदलको म्याद नै साउन ५ सम्म राख्नु भनेको अन्तिम समयमा प्रतिनिधि भागबण्डा गर्ने दाउ देखिन्छ, महाधिबेशन पक्षधर विद्यार्थिलाई यो कदापि स्विकार्य हुन सक्दैन । बिबादको निरुपण बिधिबत अधिबेशन र महाधिबेशन नै हो ।’ नेबिसंघ केन्द्रिय अध्यक्ष रंजित कर्ण हाल देश बाहिर रहेकाले उनी फर्किए पछि बिधिबत र निष्पक्ष महाधिबेशनका निमित्त आबश्यक निर्देशन दिने र वातावरण बनाउन सहयोग गर्ने कुरा समेत सभापति देउवाले बताए ।
प्रतिक्रिया