स्रोत नखुलेको ९२ लाख नगदसहित तीन जना पक्राउ


काठमाडौं । 
स्रोत नखुलेको ९२ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती छन् । उनीहरू बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित