चीन भूकम्प अपडेट : मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते


काठमाडौँ, 
चीनको तिब्बत स्वशासित क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। १३० जना घाइते भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। सिगात्से सहरनजिकैको टिङ्ग्री काउन्टी एपिसेन्टर रहेको ६.९ म्याग्निच्युडको भूकम्पले वरिपरिका गाउँहरूमा ठूलो क्षति गरेको बताइएको छ। बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । 

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । तिब्बतका सरकारी अधिकारीहरूले ३ सयभन्दा ज्यादा उद्धारकर्ता परिचालन गरेका छन्।राष्ट्रपति सी चिनफिङले पनि उद्धारमा खट्न निर्देशन दिएका छन्।

नेपालसँगको सीमा क्षेत्रमा रहेका गाउँहरूमा हजारौँ घर भत्केको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।

भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो। जसका कारण सोलुखुम्बुमा दुईसहित कोसी प्रदेशमा प्रदेशमा ५ घर क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित