तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ : रवि लामिछाने

काठमाडौं, ,
सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । बहसका क्रममा लामिछानेले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताएका छन् ।
बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि जवाफी बहस सकेपछि अब आदेशको प्रतिक्षा भएको छ। सरकारी वकिलको जवाफी बहस पनि सकिएपछि इजलासबाट न्यायाधीश नीतिज राईले प्रतिवादीसहितलाई बोल्ने अवसर दिएका थिए ।
त्यसैक्रममा रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताएका थिए । उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’
कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको उनले सुनाए । कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप लगाए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_kfT2Opan9h_sjgo0xsklviwz6k8zdvporflkwc7p0gbv3qeqqnt6p6zvu48etdubqxodyqd.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_YAh8FX8E2I_3nhypaeuph7n4xzemmkpdc6vzqxo5zuwdb2cvbbfgmksec23wnct3glv0snq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_L6tprTRgTD_fnkq180psgsup8wgzzy1hnhaszc21jiezvrijyiqma7vyhk6rfswewf2veue.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_HSGpzjnxlH_qcffiuhevxc2kqm8oee7qtp2qmm8so9ivzheagprtd7tjtthvcrcmebpnnnv.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_YKHIkgDtL4_ezp9tcgks2vryxag2utryosczuuon1neyqpk6saf17tu8vqs2kj2kazyccmk.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_2hJ3iTx7iP_dp6murw3bghdbdhqigndpgyvn9mx0ayybi3pcmtlk98cjenz7a3f9vyu0gbq.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_mQlNgmzEOq_qmtcirlnb5pdhrrk09j3qiputi1bsxnwiuih9beoyhqyvjsnvuajfgxqsyw8.jpg)
प्रतिक्रिया