दुप्चेश्वर मन्दिरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि एकदिने लाइभ कला कार्यशाला सम्पन्न
नुवाकोट,
धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले आर्टशाला नेपालले नुवाकोट जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्त्वको केन्द्र दुप्चेश्वर मन्दिरको प्राङ्गणमा एकदिने लाइभ कला कार्यशाला सम्पन्न गरेको छ।
कार्यक्रममा पाँचभन्दा बढी कलाकारहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए। कार्यशालामा कलाकारहरूले मन्दिर परिसर र वरपरको प्राकृतिक तथा सांस्कृतिक महत्त्वलाई कलामार्फत अभिव्यक्त गर्दै धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्ने प्रयास गरेका थिए।एक दिने धार्मिक कला कार्यशालामा कलाकारहरु हरिराम चौधरी , खेम बहादुर पाल्पाली ,शाहिल मर्हजन, अर्जुन कामी लगाएतका कलाकारहरुले दुप्चेश्वर मन्दिरको लाइभ चित्र कोरेका थिए ।
आयोजक संस्था आर्टशाला नेपालका अनुसार, यस कार्यशालाको उद्देश्य नेपालका धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई कलाको माध्यमबाट विश्वभर प्रवर्द्धन गर्नु हो। कार्यक्रमले स्थानीय समुदाय र कलाकारहरूबीच सहकार्यको अवसर प्रदान गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
दुप्चेश्वर मन्दिर, आफ्नो पुरातात्त्विक र धार्मिक महत्त्वका कारण पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। यस्तो खालको कला कार्यशालाले स्थानीय क्षेत्रको महत्त्व झल्काउन सहयोग पुर्याउने विश्वास आयोजकले गरेका छन्।
कार्यक्रमको सफलतापछि सहभागी कलाकारहरूले यस्तो कार्यशालाले धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनका लागि ठूलो योगदान दिने बताएका छन्।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_qAi6ETpUx4_p5ivqlqtzftkd5lqaoa5ryw0tegshuitg2mf3dlpudclwgbqkledapmth4jh.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_71pQ25EiB4_rniewilaoxamf61eag1ecs5x3ncwaafcd2ve3iyrymd1icavn3d7mmosunkq.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_E1zzLw7kEh_jr2cgypepawzppuokfgaut9upscc1kyqfqweqz1bef0m3vqdodhgcqydpbx6.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ITJlmbnzcP_5dvckt9vdepakqkhf9bhfaheeibbbr5z7ff9wblocoqo1tx9xnifojehlj5p.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_06vdzzPGwO_bd8ia189wh8uc1myzjinooxo1at9dnktfmfrx3qisn9ohjrndnar9ypnttl9.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_vUfM9x1GWy_ydrutsjthhljci9lqwszuappdc5k7z8entebn5lo4vbfc6nevcpyeyezdz8d.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_AcDc0GYCs0_qszmcent2yddqt3jwfuogk4bqxssevel7ch4ccpe439biyhmcy7kshh23d5z.jpg)
प्रतिक्रिया